Information is intelligence
HomePoliticsचिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली नेपाल आउँदै

चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली नेपाल आउँदै

- Advertisement -spot_img

नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी छिमेकी चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिनिधि मण्डल काठमाडौं आउने भएको छ।

स्रोतका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली काठमाडौं आउन लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपालमा उत्पन्न राजनीतिक परिस्थितिबारे बुझ्न उक्त टोली काठमाडौं आउन लागेको बताइएको छ।

काठमाडौंस्थित चिनियाँ राजदूतावासले चिनियाँ टोलीको भेटघाटका लागि नेकपाका शीर्ष नेताहरूसँग समय मिलाइरहेको स्रोतले जानकारी दिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु