Information is intelligence
HomeNewsकोरोना अस्पतालबाट संक्रमित भागे

कोरोना अस्पतालबाट संक्रमित भागे

- Advertisement -spot_img

बुटवल | बुटवलको कोरोना विशेष अस्पतालबाट एक जना संक्रमित भागेका छन्।

धागो कारखानास्थित कोरोना विशेष आइसोलेसन अस्पतालबाट एक जना कोरोना संक्रमित फरार भएका छन्।

बुटवल १३ बेलावसका ५५ वर्षीय पुरुष शौचालय जाने बहानामा भागेको अस्पतालले जनाएको छ। उनलाई कोरोना संक्रमण भएपछि गत बुधबार अस्पताल भर्ना भएका थिए।

उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो। उनी आईसीयूबाट भागेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए।

आज बिहान ६ बजे उनी पिसाब फेर्न शौचालय गएका थिए। त्यहिबाट भागेको डा. थापाले बताए। शौचालयबाट भागेको देखेपछि अस्पतालका कर्मचारी र कुरुवाहरूले केहीबेर पिछा गरे पनि राजमार्ग पार गरेर जंगलभित्र पसेपछि नियन्त्रणमा लिन नसकिएको डा. थापाले जानकारी दिए।

प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ। अहिलेसम्म फेला परेका छैनन्।

ती पुरूषलाई अस्पताल भर्ना हुने बेलामा परिवारका सदस्यले मानसिक औषधी सेवन गरिरहेकाले निगरानी गरिदिन अनुरोध गरे अनुसार उनलाई निगरानीमा राखिएको अस्पतालले जनाएको छ।

तर बिरामीका आफन्तले भने अस्पतालको लापरबाहीको कारण बिरामी हराएको आरोप लगाएका छन्।

आइसियुमा भर्ना भएका बिरामीलाई निगरानीमा नराखी शौचालयमा जाँदा पनि एक्लै जान दिएको उन्दै उनीहरूले आपत्ति जनाएका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु