Information is intelligence
HomePoliticsकांग्रेस प्रदर्शनमा आ-आफ्नो निर्वाचन क्षेत्रमा सहभागी हुन नेताहरुलाई निर्देशन

कांग्रेस प्रदर्शनमा आ-आफ्नो निर्वाचन क्षेत्रमा सहभागी हुन नेताहरुलाई निर्देशन

- Advertisement -spot_img

काठमाडौं | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध सोमवार(भोली) प्रदर्शन गर्ने प्रदर्शनमा नेताहरुलाई आ-आफ्नै निर्वाचन क्षेत्रका कार्यक्रमहरुमा सहभागी हुन निर्देशन दिएको छ ।

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरुद्ध पुस १३ गते देशका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको छ ।

यद्यपी कांग्रेस सभापति शेरबहादुर देउवा भने आफ्नो निर्वाचन क्षेत्रमा नजाने भएका छन् । कार्य व्यस्तताका कारण सभापति शेरबहादुर देउवा भने भक्तपुरमा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।

तर अन्य कांग्रेसका शीर्षलगायत केन्द्रीय सदस्यहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुन निर्दशन दिइएको जनाइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु