Information is intelligence
HomeRochak Duniyaपानीपुरीले उडायाे लाखौंको गहना

पानीपुरीले उडायाे लाखौंको गहना

- Advertisement -spot_img

एजेन्सी | पानीपुरी भन्नेबित्तिकै मुखबाटै पानी नआउने सायदै कोही होला । अझ युवतीहरुको सबैभन्दा मन पर्ने खानेकुरा नै पानी पुरी हो ।

उनीहरु बरु खाना खाँदैनन्, तर पानीपुरी चटपटेजस्ता वस्तु खान छुटाउँदैनन् । तर, कहिलेकाँही यस्तै बानी आफैंलाई महँगो सावित हुन्छन् ।

भारतको रामगञ्ज बजारमा पानीपुरीमा भुलेपछि एक युवतीले लाखौंको गहना चोराएकी छन् ।

माणचोक प्रहरी चौकीमा उनले आफ्नो झोलाबाट लाखौं मूल्य बराबरको गरगहना चोरी भएको उजुरी दर्ता गराएकी छन् । प्रहरीले यस घटनामा छानबिन शुरु गरिसकेको छ । घटना गत बुधबारको हो ।

निलगिरी मार्ग शिप्रापथकी सोनम आसवानी सामान किन्नका लागि बजार गएकी थिइन् ।

तर, चोकमा पानी पुरीको ठेला देखेपछि उनको मनले नखाइ मानेन । जब उनी पानी पुरीमा मस्त भुलेकी थिइन् । पछाडिबाट चोरले उनको झोला ब्लेडले काटेर सबै गरगहना उडाएको छ ।

साथै झोलामा रहेका ५० हजारजति नगद रकम र एटीएम कार्ड पनि चोरी भएको बताएकी छन् ।

जब उनले पानी पुरीको पैसा तिर्न आफ्नो पर्स निकाल्न झोलातिर हेरिन्, त्यसबेलासम्म चोरले सबै सामान उडाइसकेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु