Information is intelligence
HomeShare Bazarज्ञापनपत्र बुझाउदै ब्रोकर कमिसन दरमा पुनर्विचार गर्न माग

ज्ञापनपत्र बुझाउदै ब्रोकर कमिसन दरमा पुनर्विचार गर्न माग

- Advertisement -spot_img

काठमाडौं | ब्रोकर कमिसन दरमा पुनर्विचार गर्न माग गर्दै ब्रोकर व्यवसायीहरु नेपाल धितोपत्र बोर्ड पुगेका छन् । बोर्डले आज आइतबारदेखि लागू गरेको ब्रोकर कमिसन दरमा पुनर्विचार गर्न माग राख्दै आफूहरुले धितोपत्र बोर्डमा ज्ञापनपत्र बुझाएको स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले जानकारी दिए ।

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई भेटेर एसोसिएसनका पदाधिकारीले आफुहरुसँग माग गरिएको सुझावलाई बेवास्ता गर्दै ब्रोकर कमिसन घटाइएको प्रति असन्तुष्टि व्यक्त गर्दै ध्यानाकर्षण गराएका हुन् । बोर्ड समक्ष बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ, ‘धितोपत्र दलाल व्यवसायीहरुको एकमात्र आम्दानीको स्रोत रहेको ब्रोकर कमिसनमा ३३‘% देखि ६०% सम्मले कटौती गरिएको निर्णयले हामी व्यवसायी अचम्मित, त्रसित र दुखी भएका छौं ।’

साथै, उनीहरुले सेयर खरिदबिक्री गरिएको रकमको सुनिश्चितताका लागि राफसाफ प्रत्याभूति कोष, अक्सन मार्केट लगायतको विकाससँगै ब्रोकरलाई प्रोप्राइटरी ट्रेडको व्यवस्था गर्न पनि बोर्डसँग माग गरेका छन् । त्यसैगरी, इन्ट्रा डे कारोबारको सुरुवात, ऋणपत्र कारोबारमा सहजता, सूचीकृत कम्पनीहरुको क्षेत्रगत विविधीकरण, सेक्युरिटिज लेण्डिङ एण्ड बरोइङ तथा सर्ट सेल खुला गर्न पनि उनीहरुले माग गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु