Information is intelligence
HomeShare Bazarहप्ताको पहिलो दिन नेप्से घट्यो

हप्ताको पहिलो दिन नेप्से घट्यो

- Advertisement -spot_img

काठमाण्डौ | हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से झण्डै ४० अङ्कले घटेको छ । कारोबार भएका सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ३९ दशमलव ९८ अङ्कले घटेर १९ सय ९८ दशमलव ६५ विन्दुमा झरेको हो ।

आइतबार जीवन बीमा समूहको शेयर ५ सय १९ अङ्कले, निर्जीवन बीमा समूहको २ सय ३८, होटलको ९३, उत्पादनको ४६, माइक्रो फाइनान्सको ४२, बैंककाे २३, जलविद्युतको ३० र अन्य समूहको शेयर ४३ अङ्कले घटेको छ ।

आइतबार २ सय ४ वटा कम्पनीका ८१ लाख ७७ हजार कित्ता शेयर ४ अर्ब ६२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ६६ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आइतबार सोल्टी होटल र विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् । समग्र बजार घटे पनि नारायणी विकास बैङ्कका लगानीकर्ताले झण्डै ९ प्रतिशत कमाएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु