Information is intelligence
HomePoliticsखोटाङमा ओलीको पक्षमा प्रदर्शन

खोटाङमा ओलीको पक्षमा प्रदर्शन

- Advertisement -spot_img

प्रतिनिधिसभा विघटनविरुद्ध देशब्यापी प्रदर्शन भइरहेका बेला केपी ओली नेतृत्वको नेकपाका कार्यकर्ताले प्रधानमन्त्रीको पक्षमा प्रदर्शन र सभाहरु गर्न थालेका छन् ।

खोटाङ जिल्ला सदरमुकाम दिक्तेलमा ओली पक्षधर नेकपा कार्यकर्ताले प्रधानमन्त्रीको पक्षमा स्वागत र्‍याली आयोजना गर्दै प्रचण्ड–माधव नेपाल पक्षको बिरोध गरेका छन् ।

मोटरसाइकल र्‍याली र जुलुसपछि आमसभा आयोजना भइरहेको रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख विणादेवी राईले नेपाल प्रेसलाई बताइन् । यस्तै कार्यक्रम लिएर प्रत्येक स्थानीय तह र वडामा पार्टी पुनर्गठन गर्दै जाने उनले बताइन् । नेकपा केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्य विशाल भट्टराई लगायतका नेता खोटाङ पुगेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु