Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा ४८१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा ४८१ जनामा कोरोना पुष्टि

- Advertisement -spot_img

काठमाडौं | पछिल्लो २४ घण्टामा नेपालमा ४८१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३ हजार ८२८ जनाको पिसिआर परीक्षण गर्दा ४८१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ९ हजार ६५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७३१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको मन्त्रालयले जनाएको छ।

आइतबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय २५ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३६९ सय जना क्वारेन्टाइनमा छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु