Information is intelligence
HomeNewsबारेन्ट्स समुद्रमा डुङ्गा दुर्घटना, १७ जना बेपत्ता

बारेन्ट्स समुद्रमा डुङ्गा दुर्घटना, १७ जना बेपत्ता

- Advertisement -spot_img

एएफपी | रसियाकाे पश्चिमी क्षेत्रमा रहेकाे बारेन्ट्स समुद्रमा माछा मार्न प्रयोग गरिएको एउटा डुङ्गा सोमबार डुब्दा त्यसमा रहेका कम्तीमा १७ व्यक्ति बेपत्ता भइरहेको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा परेका १९ व्यक्तिमध्ये दुई जनालाई जीवितै उद्धार गरिएको मन्त्रालयको भनाई छ । ओनेगा नामको निजी डुङ्गा नोभाया जेम्ल्या नजिकैको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको र अधिकारीहरुले बिहान ७.३० बजे थाहा पाएका थिए ।

प्रतिकूल मौसमका कारण डुङ्गामा हिउँ जम्दै गएपछि डुङ्गा नै डुबेको आशंका गरिएको छ । हराइरहेका व्यक्तिको खोजी र उद्धार कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु