Information is intelligence
HomeEconomyनेप्सेमा सुधार, सूचक फेरि २००० विन्दुमाथि

नेप्सेमा सुधार, सूचक फेरि २००० विन्दुमाथि

- Advertisement -spot_img

सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से सूचक फेरि २ हजार विन्दु माथि गएर अडिएको छ । पछिल्ला दिनहरुमा बजार आम लगानीकर्ताको अपेक्षाविपरीत घटिरहेको थियो । वित्तीय प्रणालीमा पर्याप्त तरलता, सस्तो ब्याजदर अनि ब्रोकर कमिसन घट्दासमेत बजार माथि जान नसक्दा एक हदसम्म लगानीकर्ता अन्योलमा परेको अवस्था पनि हो । कतिपयले पुसको प्रभाव पनि भनेका छन् । बजार सधैं घट्ने वा बढ्ने मात्र गर्दैन । यसर्थ, सेयर बजार रुमलिएको पनि करिब १ महिना भएको छ ।

यसर्थ, बजारले अब विस्तारै आफ्नो अग्रगामी गति तय गर्ने अपेक्षा गरिएको छ । सोमबार नेप्से सूचकमा सामान्य सुधार भएको छ । तथापि, कारोबार रकममा भने अपेक्षा अनुसार विस्तार हुन सकेको छैन । लामो समयदेखि बजार माथि जान नसकेपछि कतिपय लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बस्दा खरिदबिक्री रकममा माहोल पैदा हुन नसकेको अनुमान छ । यसर्थ, अब विस्तारै कारोबार रकममा पनि सुधार आउने अपेक्षा गर्न सकिन्छ ।

पुसमा प्रायः सबै कम्पनीहरुले साधारण सभा गरिसक्नेछन् । यतिबेला सूचीकृत कम्पनीहरुले लाभांश र साधारण सभा प्रयोजनका लागि धमाधम बुक क्लोज मिति तोकिरहेका छन् । पुस अन्तिमसम्ममा अधिकांशको साधारण सभाको मिति पनि तोकिएको छ । यसर्थ, यतिबेला सेयरधनी बन्नेले तत्काल लाभांशको हकदार बन्ने प्रष्ट छ । त्यही भएर लगानीकर्तामा धैर्यता आवश्यक देखिएको छ । बजार समग्रमा बुलिस प्रवृत्तिमा छ । सोही कारण केही दिनपछि बजारले पुनः गति लिने अनुमानहरु भइरहेका छन् ।

समग्र नेप्से सूचकभन्दा पनि सबल वित्तीय सूचक भएका कम्पनीहरु छानेर लगानी गर्न विज्ञहरु सुझाव दिने गर्छन् । अनि, अलि योजनाबद्ध, सकेसम्म लामो समय होल्ड गर्ने हिसाबले सेयर खरिद गर्न सकेमा लाभ लिन सकिने सम्भावना अधिक हुने गर्छ । कम्पनीहरुको प्रमुख वित्तीय सूचकमा पनि ख्याल गर्नुपर्छ । नेप्से सूचक सोमबार ८.५७ अंकले बढेर २००७.२९ विन्दुमा आइपुगेको छ । २१४ कम्पनीको ३ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ७४ लाख ९७ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ मध्ये ९ समूहको सूचक विस्तार भएको छ । सबैभन्दा धेरै उत्पादनमूलक समूह ९७.७९ अंकले वृद्धि भएको छ ।

नेपालीपैसा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु