Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा देशभर ६५९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ६५९ जनामा कोरोना संक्रमण पुष्टि

- Advertisement -spot_img

काठमाडौँ | पछिल्लो २४ घण्टामा देशभर ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा २७८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २०७, ललितपुरमा ४९ र भक्तपुरमा २२ जना कोरोना संक्रमित देखिएका हुन् ।

२४ घण्टामा ५ हजार ५७८ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख १५ हजार २३२ पीसीआर परीक्षण भएका छन् । योसँगै देशभर संक्रमितक संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ४४५ छ भने क्वारेन्टाइनमा ३६९ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ७१८ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ७ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८३२ रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु