Information is intelligence
HomePoliticsहामी अदालतको फैसला मान्ने पार्टी हौं : देउवा

हामी अदालतको फैसला मान्ने पार्टी हौं : देउवा

- Advertisement -spot_img

कांग्रेस सभापति शेरवहादुर देउवाले प्रतिनिधिसभा विघटनका सन्दर्भमा अदालतको फैसला पर्खेर बस्ने बताएका छन् । संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शनका क्रममा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा सभापति देउवाले अदालतको फैसला नआउन्जेल कांग्रेस एक्लैले प्रदर्शन गर्ने बताए । कांग्रेस अरु पार्टीसँग लागेर संयुक्त रुपमा आन्दोलनमा नजाने उनले बताए ।

देउवाले भने– हामी अदालतको फैसला मान्ने पार्टी हौं । अदालतले स्वविवेकीय निर्णय जे गर्छ त्यो मान्छौं । हामी अदालतलाई धम्क्याउने,तर्साउने काम गर्दैनौं । आफ्नो भने बमोजिमको फैसला आएन भनेर विरोध पनि गर्दैनौं । फैसला आउदै गर्ला त्यतिन्जेल ओली सरकारको अप्रजातान्त्रिक कदमविरुद्ध एक्लै आन्दोलन गर्छौ ।

देउवाले पन्चायतकालमा समेत न्यायालयले स्वतन्त्र रुपमा काम गरेकाले अदालतको स्वतन्त्र भूमिकामा कांग्रेसले विश्वास गरेको समेत बताए । देउवाले आफ्नो भाषणभरि प्रतिनिधिसभा पुन:स्थापनाकाे कुरा भने गरेनन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु