Information is intelligence
HomeNewsराजावादीकाे प्रदर्शनमा अवराेध, ब्यानरमा आगो समेत लगाइयो

राजावादीकाे प्रदर्शनमा अवराेध, ब्यानरमा आगो समेत लगाइयो

- Advertisement -spot_img

राजविराज | सप्तरीको राजविराजमा राजा र राजसंस्था पुन:स्थापनाको मागसहित प्रदर्शन गर्न खोज्नेहरूलाई अन्य दलका कार्यकर्ताले अवराेध पुर्‍याएका छन् ।

राजविराजको शिव मन्दिर अगाडिबाट सप्तरी समाजको नाममा राजावादीहरुले मंगलबार बिहान राजा र राजसंस्थाको पक्षमा प्रदर्शन गर्न खोजेका थिए । गणतन्त्रलाई मास्ने काम स्वीकार्य नहुने भन्दै नेपाली कांग्रेस, नेकपाको दाहाल नेपाल समूह र जनता समाजवादी पार्टी आवद्ध युवा विद्यार्थी हरुले राजावादीहरुको ब्यानर खोसेका थिए ।

उनीहरूले राजावादीहरुको ब्यानरमा आगो समेत लगाएका थिए । प्रतिरोधमा उत्रेका युवा विद्यार्थीहरू राजविराजमा प्रदर्शन गरिरहेका छन् भने राजावादीहरुले प्रदर्शन गर्ने तयारीमा छन् । अवस्था तनावपूर्ण रहेका ले व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु