Information is intelligence
HomeNewsडिएसपीले किनेकाे मिठाइमा भेटियाे नङ, प्रहरीद्वारा आँगनमा छापा

डिएसपीले किनेकाे मिठाइमा भेटियाे नङ, प्रहरीद्वारा आँगनमा छापा

- Advertisement -spot_img

मिठाई उत्पादनमा राम्रो मानिँदै आएको आँगन स्विट्सको मिठाइमा नङ भेटिएको छ । मिठाईमा नङ फेला परेपछि प्रहरीले सो स्विट्सको कमलपोखरी शाखामा काठमाडौं प्रहरीले छापा मारेको छ ।

मिठाईमा अखाद्य बस्तु फेला परेको सुचना आएपछि प्रहरी टोलीले मुचुल्का गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले रातोपाटीलाई बताए ।

नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डिआईजीमा बढुवा सिफारिस भएका एकजना अधिकृतले आँगनमा मिठाई किनेका थिए ।

सो मिठाई खोल्दा नङ भेटिएपछि उनले काठमाडौं प्रहरीलाई खबर गरे । महानगरीय प्रहरी वृत मालिगाउँका डिएसपी खुमलाल भुषालको टोली घटनास्थलमा पुगेको छ । खाद्य तथा गुण नियन्त्रण कार्यालयलाई आवश्यक कारबाही अघि बडाउनका लागि जिम्मा लगाइएको डिएस्पी भुसालले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु