Information is intelligence
HomePoliticsभीरबाट लड्ने गोरुलाई राम राम,काँध थाप्न सकिन्न, निरंकुश ओलीको आयु पुग्यो: नेपाल

भीरबाट लड्ने गोरुलाई राम राम,काँध थाप्न सकिन्न, निरंकुश ओलीको आयु पुग्यो: नेपाल

- Advertisement -spot_img

काठमाडौं | नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई सच्चिएर आउन दिनकै लागि केन्द्रीय कमिटीबाट निष्काशन नगरिएको बताएका छन् ।

दाहाल–नेपाल समूहले राजधानीमा गरेको विरोध सभामा अध्यक्ष नेपालले सम्भोधन गर्दै सुध्रिनिहुन्छ कि भनेर केन्द्रीय सदस्य, पार्टी सदस्यबाट नहटाएको भन्दै नत्र ‘भीरबाट लड्ने गोरुलाई राम राम भन्नेसम्म हो, काँध थाप्न सकिन्न’ भनेका छन् ।

नेपालले प्रधानमन्त्री केपी ओलीले जनतालाई सुख कम दुःख बढी दिएको पनि बताएका छन् ।

ओलीलाई सुधार्न लागेकाहरुलाई उनले भने, ‘बालुवाटारको बालुवा पेल्दा तेल निकाल्न सक्नुभयो भने स्याबासी दिन्छु ।’

ओलीले गल्ती स्वीकारेर आएमा, असंवैधानिक कदमबाट पछि हटेर संसद पुनर्स्थापना गर्न तयार भएमा छलफल गर्न सकिे शर्त उनले भने  ।

ओलीसँग कम्युनिष्टमा हुनुपर्ने गुण नै नभएको भन्दै नेपालले ‘निरंकुश केपी ओलीको आयु पुगेको’ उद्घोष गरे।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु