Information is intelligence
HomeInternational११ वर्षिय बालकको बली; नाक,कान काटिएको अवस्थामा शव फेला

११ वर्षिय बालकको बली; नाक,कान काटिएको अवस्थामा शव फेला

- Advertisement -spot_img

भारतमा एक जना ११ वर्षिय बालकको बली चडाइएको छ। अलवरस्थित नावली गाउँमा अन्धविश्वासका उनको बली दिइएको हो।

बालकको शव आइतबार नाक, कान काटिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।

उनको आँखामा गाजल पनि लगाइएको थियो। बालकका बाबु रघुवीर बैरवाले गाउँमा ढोंगी बाबा कालू बैरवासमेत अन्य विरुद्ध मुद्दा दर्ता गराएका छन्।

धनी बन्नका लागि ढोंगी बाबाहरू मिलेर बालकको बली चढाइएको हुनसक्ने स्थानीयले बताएका छन्। बालक शनिबार घरबाट बेपत्ता भएका थिए।

अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। साथै अभियुक्तहरूलाई पक्राउ गरी कानूनी कारबाही शुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

श्राेतःनेपाली पब्लिक

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु