Information is intelligence
HomePoliticsप्रचण्डले भारतको मद्दत मागेकाे खबर भारतीय मिडियामा सनसनिपूर्ण बन्दै(प्रमाणसहित)

प्रचण्डले भारतको मद्दत मागेकाे खबर भारतीय मिडियामा सनसनिपूर्ण बन्दै(प्रमाणसहित)

- Advertisement -spot_img

प्रचण्डले भारत लगायत मुलुकको मद्दत मागेको खबर भारतीय मिडियामा सनसनिपूर्ण बन्दै छ।

कान्तिपुरको माध्यमबाट १३ पुषमा प्रसारित फायर साइड कार्यक्रममा अन्तर्वाताका क्रममा प्रचण्डले विगतका दिनमा भारतको नैतिक सहयोग पाएको स्वीकारेका छन्। उनले भनेका छन्, “यो शान्ति प्रकृया यो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना प्रकृयामा भारतको पक्कै पनि नैतिक समर्थन र सहयोग रहेको कुरा इतिहाँसमा स्थापितै छ । अहिले यो संकट पर्न लागेको बेलामा मौन बसिराख्नु चैँ त्यती स्वभाविक जस्तो लाग्दैन… तर, यो मेरो आलोचना नबुझियोस फेरी, किनभने यो फेरी मैले आलोचना गर्‍यो भन्ने अर्थमा नबुझियोस मैले यहाँ चैँ संविधानवादको र लोकतन्त्रमाथि जवर्जस्त चैँ कुल्चिन खोजिएको छ, मैले नैतिक समर्थन खोजेको छु। “

प्रचण्डले भारतीय सहयोगमा देशमा गणतन्त्र ल्याएको र अब पनि भारतसँग सरकार विरुद्ध लड्न सहयोग खोजेको भन्ने भनाइको अंश नेपालको सामाजिक संजालमा विभिन्न तर्क सहितका चर्चाको विषय बनिरहेको छ। नेपालमा केही मात्रामा आलोचना सुरु भईरहँदा भारतीय मिडियामा भने प्रचण्डको यस भनाइलाई विभिन्न कोणबाट हेरिएको छ। भारतीय मिडियाहरुले यसलाई “ओलीलाई चिनको समर्थन भईरहँदा प्रचण्डले भारत अमेरिका लगायत युरोपियन राष्ट्रबाट सहयोगको अपेक्षा गरिरहेका” बुझेका छन् भने कतै ” यस स्वीकारोक्तीलाई चिनको रणनिती हुन सक्ने टिपणी पनि दिएका छन्।”

संसद विघटन भए लगत्तै नेकपामा आएको फुटबीच चिनियाँ राजदुतको शीर्ष नेतृत्वसँगको भेट सँगसँगै चीनको तर्फबाट आएका प्रयत्नबाट चीन नेकपा एकीकरण र ओली पक्षमा रहेको देखिएको अवस्थामा अब प्रचण्डको अह्वानमा भारतको प्रतिकृया भने हेर्न बाँकी छ।

यद्यपी विगतमा ससस्त्र द्वन्दमा भारतको संग्नलता रहेको र यसको नायक तत्कालीन माओवादी रहेको आरोप लागिरहँदा प्रचण्डको यस स्वीकारोक्ती अझ पुन: विदेशी शक्तिसँग सहायताको मागले जनतामा प्रचण्डका विषयमा अनेकन टिप्पणीका वर्षात भैरहेका छन् जसमा प्रचण्डको स्पष्टिकरण हेर्न अझै बाँकी छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु