Information is intelligence
HomeEconomyचन्द्रागिरी हिल्सको आइपीओ आज बाँडफाँट हुँदै

चन्द्रागिरी हिल्सको आइपीओ आज बाँडफाँट हुँदै

- Advertisement -spot_img

चन्द्रागिरी हिल्सको आइपीओ आज बुधबार (पुस १५ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको आफ्नै कार्यालय नक्साल काठमाडौंमा दिउसो ३ बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ ।

चन्द्रागिरी हिल्सले मंसिर १७ गतेदेखि पुस १ गतेसम्ममा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि ३ करोड ६ लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओ जारी गरेको हो । यसमा १६ करोड ८५ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोेबल आइएमई क्यापिटलका अनुसार ४ हजार ८१४ जनाले १६ लाख ८५ हजार ५३० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ५.४९ गुणा बढी हो ।

यसमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं ३,४,६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु) तथा साविकको महादेवस्थान गाविसका वडा नं ३,४,५,६,७ र ८ का बासिन्दाले आवेदन दिन सक्ने व्यबस्था थियो ।

साथै, मकवानपुर जिल्ला अन्तर्गतको थाहा नगरपालिका वडा नं ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्ने नेपाली नगरिकले आवेदन दिन सक्ने व्यबस्था थियो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

यसले चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ । स्थानीयलाई बिक्री गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ खुला गर्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु