Information is intelligence
HomeNewsतीन सवारी आपसमा ठोक्किदा २ को मृत्यु

तीन सवारी आपसमा ठोक्किदा २ को मृत्यु

- Advertisement -spot_img

जनकपुरधाम | पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानी मालटोलमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ट्याङ्कर एक आपसमा जुध्दा घटना स्थलमै २ जनाको मृत्यु भएको छ भने २ जाना सख्त घाइते भएका छन् ।

घुमाउँरो बाटोमा पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ४ च ९३१७ नम्बर पिकअप बोलेरोलाई पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो । सोही क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल ट्याङ्कर भारतीय ट्रकमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

दुर्घटनामा परी ट्याङ्कर चालक मोरङ विराटनगरका ३६ वर्षीय अर्जुनकुमार मण्डल र भारतीय ट्रकका २० वर्षीय चालक रगीला कुमारको मृत्यू भएको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका मण्डललाई जनकपुरको प्रादेशिक अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा ट्याङ्करका सहचालक विराटनगर ४ का धनराज यादव गम्भीर घाइते भएका छन् । उनको उपचारका लागि विराटनगर लगिएको प्ररहरीले जनाएको छ । भारतीय ट्रकका सहचालकको अवस्था समेत गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइते सहचालकको उपचार प्रादेशि अस्पताल जनकपुरमा भइरहेको छ ।

राति करिब १२ बजे भएको त्रिकोणात्मक दुर्घटना तीव्र गतिका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु