Information is intelligence
HomePoliticsकार्की ब्याङ्क्वेटमा ओलीले कार्यकर्तालाई सम्वोधन गर्ने

कार्की ब्याङ्क्वेटमा ओलीले कार्यकर्तालाई सम्वोधन गर्ने

- Advertisement -spot_img

काठमाण्डौ | प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको सुदूरपश्चिम स्तरीय कार्यकर्ता भेला बुधवार काठमाडौंमा हुँदैछ ।

काठमाडौंको बबरमहरस्थित कार्की ब्याङ्क्वेटमा ओली पक्षीय कार्यकर्ताको भेला हुन लागेको हो ।

गत हप्ता यही स्थानमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक बसेको थियो । सोही स्थानमा बसेको बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय गरेको थियो ।

कार्यकर्ता भेलालाई प्रधानमन्त्री ओली, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र कर्ण थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य निरु पालले जानकारी दिइन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु