Information is intelligence
HomeEducationएसईईको रजिष्ट्रेसन र आवेदन फाराम खुल्यो, परीक्षा जेठमा हुने

एसईईको रजिष्ट्रेसन र आवेदन फाराम खुल्यो, परीक्षा जेठमा हुने

- Advertisement -spot_img

काठमाण्डौ | यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

कोभिड–१९) का कारण गत वर्ष एसईई सञ्चालन हुन सकेन ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)एसईईको रजिष्ट्रेसन र आवेदन फाराम खुला गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम खुला गरेको हो ।

सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नामथर, जन्ममिति, आमाबाबुको नाम रुजू गरेर भर्नुपर्नेछ । भरिएको फारामलाई विद्यालयले आगामी माघ मसान्तभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा बुझाइसक्नुपर्नेछ  ।

२०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरिएको बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

बोर्डले बुधबार निकालेको सूचनाअनुसार आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ ।

रजिष्ट्रेसनका लागि प्रतिविद्यार्थी तीन सय रुपियाँ र आवेदन फारामका लागि पाँच सय रुपियाँ कायम गरिएको छ । विगतको भन्दा करिव साढे तीन महिना ढिला गरी फाराम खुलाइएको छ ।

यस वर्षको एसईई कसले सञ्चालन गर्ने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु