Information is intelligence
HomePolitics'मेरो एउटा ब्रिफकेस नै प्रचण्डसँगका सम्झौताले भरिएको छ': प्रधानमन्त्री ओली

‘मेरो एउटा ब्रिफकेस नै प्रचण्डसँगका सम्झौताले भरिएको छ’: प्रधानमन्त्री ओली

- Advertisement -spot_img

काठमाण्डौ | प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्झौता गर्दा गर्दा हैरान भएको र छोरीलाई चुनाव जिताउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँग चुनाव लडेको आरोप लगाएका छन् ।

‘कति सम्झौता गर्ने? मेरो एउटा ब्रिफकेस नै प्रचण्डसँगका सम्झौताले भरिएको छ,’ आफू पक्षका सुदूरपश्चिमका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने।

ओलीले २०७४ को चुनावको नतिजा आएसंगै प्रचण्डले अस्थिरता निम्त्याउन र आफूलाई निरन्तर असहयोग गरेको आरोप लगाएका छन।

उनले चुनावमा आएको नतिजालाई फागुन ३ गतेसम्म अड्काएको आरोप लगाए। ‘बहादुर भवनबाट शितलनिवास हिडैरै पुग्न १० मिनेट लाग्ने ठाउमा चुनावी नतिजा पुग्न भने फागुन ३ गतेसम्म लाग्यो, काङ्ग्रेससंग वार्ता गर्ने र मसंग बार्गेनिङ गर्नुभयो,’ ओलीले भने, ‘चुनाव बामपंथीसंग मिलेर लड्ने अनि दक्षिणपन्थीसंग मिल्ने?’

प्रचण्डलाई आफूले मित्रताले अंगालो हालेको तर प्रचण्डले धृतराष्ट्रले जस्तो अंगालो हालेको तर्क गरे।

‘उहाँहरु ममाथि अविस्वास प्रस्ताव, रास्ट्रपतिमाथी महाअभियोग लगाउन लाग्नु भयो। महान शान्तिगामी, परिवर्तनगामी देखिन खोज्दै हुनुहुन्छ।’

त्यस्तै ओलीले प्रचण्डलाई षड्यन्त्रकारी राजनीतिक छोड्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालसँग बहुमत नभएको स्पष्ट पारेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु