Information is intelligence
HomePoliticsओलीले दिए प्रचण्ड , नेपाल र झलनाथलाई दिए यस्ताे जवाफ

ओलीले दिए प्रचण्ड , नेपाल र झलनाथलाई दिए यस्ताे जवाफ

- Advertisement -spot_img

उपत्यकामा उपलब्ध सुदूरपश्चिम प्रदेशका ओली पक्षीय नेता कार्यकर्ता भेलामा बबरहहलकाे कार्की पार्टी प्यालेसमा ओलीले आफूलाई ‘कारबाही गरिएको आसन’बाटै प्रचण्ड, नेपाल र नेता झलनाथ खनालले लगाएका आरोप र गरेका टिप्पणीको जमेर जवाफ फर्काएका छन् ।

आफूलाई तानाशाही भनेको भन्दै ओलीले प्रचण्ड लामो समय विना निर्वाचन अध्यक्ष भएको, निर्वाचनमा जान नमानेको र निर्वाचनमा जाँदा पनि मतपत्र च्यातेको बताए । र, आफू सधैं निर्वाचनका माध्यमबाट मात्रै नेतृत्वमा आएको र पछिल्लो पटक पनि निर्वाचनबाट अध्यक्ष भएको सन्दर्भ झिक्दै आफू तानाशाही नभएको जवाफ फर्काए ।

‘छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर प्रजातन्त्र धुजा–धुजा बनाउनुभयो’ प्रचण्ड लक्षित उनको भनाइ थियो, ‘छोरी जिताउनकै लागि कांग्रेससँग मिल्नुभयो तर खासै उपलब्धि भएन ।’

‘माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन् । मलाई केही पनि भन्नु छैन’ उनले भने,‘ उहाँ (माधव नेपाल) सधैं उधारो सम्झौता हुँदैन भन्नुहुन्थ्यो। उहाँको बारेमा केही कमेन्ट गर्दिनँ, उहाँ दुःखी हुनुहुनेछ।’ नेता नेपालको क्यारिकेचर समेत गर्दै ओलीले भनेका थिए, ‘अपमान ! मान पाइनँ मैले !’

झलनाथ प्रति कटाक्ष गर्दै प्रधानमन्त्रीले उनीप्रति पनि कडा जवाफ प्रस्तुत गरे । हिजो झलनाथ खनालजीले भाषण गर्नुभयो नि, धरहरा केपी ओलीले बनायो भन्छन् । नचाहिने कुरा, केपी ओलीले बनाएको हो र ? इन्जिनियरले बनाएको हो । उहाँलाई के थाहा रैनछ भने इन्जिनियरले डकर्मीको काम गर्दैन । त्यो त नाप्ने मात्रै हो । डकर्मीले बनाएको हो धरहरा । इन्जिनियरले बनाउँछ, इँटा लगाउँछ भन्ने परेको रहेछ उहाँलाई । कहिले नजिकै गएर हेरेको भए पो । त्यो कसले काम गर्छ भन्ने हेर्नुपर्‍यो नि । थाहा पाउनुपर्‍यो नि ।’

ओलीले चुनावलाई लिएर आफूप्रति गरिएका टीकाटिप्पणीको जवाफ पनि त्यही मञ्चबाट फर्काए । चुनाव आफूले शान्तिपूर्ण र निष्पक्ष रुपमा गराउने बताए । ‘यसपटकको निर्वाचनमा बत्ती निभ्दैन, मतपत्र च्यातिने छैन’ ओलीको भनाइ थियो, ‘मतपत्र च्यातेर बत्ती निभाउने भन्ने ठान्नुभएको छ भने त्यो हुन दिइँदैन ।’

ओलीको थप भनाइ थियो, ‘अहिलेको निर्वाचन शान्तिपूर्ण हुन्छ, बक्सा साट्न पाइँदैन, मतपत्र च्यात्न पाइँदैन स्वच्छ निर्वाचन हुन्छ ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु