Information is intelligence
HomePoliticsप्रदेश-२ बाट प्रचण्ड-माधव पक्षका यी पाँच सांसद ओली पक्षमा लागे

प्रदेश-२ बाट प्रचण्ड-माधव पक्षका यी पाँच सांसद ओली पक्षमा लागे

- Advertisement -spot_img

तत्कालीन माओवादीका पाँच सांसद प्रचण्ड–माधव नेपालको साथ छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका छन् ।

तत्कालीन माओवादीका प्रदेश-२ मा संसदीय दलका नेता रहेका रामचन्द्र मण्डलसहित पाँच जना ओली समूहमा लागेका हुन् । धनुषा १ (ख) बाट निर्वाचन मण्डलले प्रदेश सांसदहरु दिलीप साह, कुन्दनप्रसाद कुशवाहा, मोहम्मद समिर, फुलियादेवी र ज्वालाकुमारी साह ओली पक्षमा आएको दावी गरे ।

तर सिरहा ४ (क) बाट निर्वाचित प्रदेश सांसद दिलीप साहले आफू ओली पक्षमा नगएको प्रतिक्रिया दिए । उनले भने, ‘भविष्यमा के हुन्छ थाहा छैन । तर अहिले म प्रचण्डसँगै छु ।’ अन्यले गुट परिवर्तन गरेको कुरा थाहा नभएको उनको भनाइ छ ।

तत्कालीन माओवादीका नेता तथा पूर्वमन्त्री प्रभु साह ओली पक्षमा लागेपछि प्रदेश-२ का प्रदेश सांसदहरुलाई आफूतिर तानेका हुन् । उनी नेकपाका प्रदेश-२ का संयोजक छन् ।

प्रदेश-२ मा नेकपाका ३१ सांसद छन् । तत्कालीन माओवादीका पाँच सांसद ओली पक्षमा लागे पनि प्रचण्ड–माधव पक्षमै अधिकतर सांसद रहेका छन् । कतिपय तत्कालीन एमालेका सांसद पनि प्रचण्ड–माधव नेपाल पक्षमा खुलेर लागेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु