Information is intelligence
HomeInternationalसिरियामा बसमा भएको आक्रमणमा परि कम्तीमा २८ को मृत्यु

सिरियामा बसमा भएको आक्रमणमा परि कम्तीमा २८ को मृत्यु

- Advertisement -spot_img

– सिरियामा एउटा बसमा भएको आक्रमणमा परि कम्तीमा २८ जनाको ज्यान गएको छ । डेइर अल-जोउर प्रान्तको पूर्वी क्षेत्रमा बसमाथि एम्बुस आक्रमण भएको हो ।

सिरियाको सरकारी सञ्चारमाध्यमले ज्यान गुमाउनेहरु सामान्य नागरिक रहेको बताएको छ तर अरु स्रोत र अनुगमन समूहहरूले भने सैनिक चढेको बसमा एम्बुस आक्रमण भएको र ज्यान गुमाउनेहरु सैनिक रहेको उल्लेख गरेका बीबीसीले जनाएको छ ।

आक्रमणमा ज्यान गुमाउनेको संख्या अझै धेरै हुन सक्ने अनुमान रहेको खबरमा उल्लेख छ । सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स (एसओएचआर) ले आक्रमण विद्रोही समूह इस्लामिक स्टेट (आइएस) ले गरेको  र ३७ जना सैनिकको ज्यान गएको बताएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु