Information is intelligence
HomePoliticsकार्यव्यवस्था समितिको बैठक सकियो, भोलि रास्ट्रिय सभाको बैठकका अजेन्डाहरू सार्वजनिक

कार्यव्यवस्था समितिको बैठक सकियो, भोलि रास्ट्रिय सभाको बैठकका अजेन्डाहरू सार्वजनिक

- Advertisement -spot_img

काठमाडौं। संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको भोलिदेखि सुरू हुने बैठकका अजेन्डाहरू सार्वजनिक भएका छन्।

केपी शर्मा ओलीको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गतेका लागि आह्वान गरिएको बैठकका अजेन्डा तय भएका हुन्।

भोलिदेखि सुरू हुने राष्ट्रियसभा बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र, सरकारले यसबीचमा जारी गरेका अध्यादेशहरू बैठकका अजेन्डाका रूपमा तय भएका छन्।

यसैगरी, राष्ट्रियसभाका अध्यक्षबाट जारी गरिएका समिति गठनसम्बन्धी आदेशसहित थारू आयोग, मधेसी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वसम्बन्धी प्रतिवेदन तथा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेस हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु