Information is intelligence
HomeNewsनिर्मला हत्या काण्डमा बर्खास्तीमा परेका डिएसपिको पुनर्बहाली

निर्मला हत्या काण्डमा बर्खास्तीमा परेका डिएसपिको पुनर्बहाली

- Advertisement -spot_img

काठमाडौं : बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले सेवाबाट हटाइएका एसपी दिल्लीराज विष्टलाई पुनर्वाहाली गर्‍यो। यससँगै दुई वर्ष दुई महिनापछि एसपी विष्टको सेवामा फर्किने बाटो खुलेको छ।

१३ वर्षीय निर्मला पन्तको बलत्कारपछि हत्या प्रकरणमा २०७५ कार्तिक ८ गते गृह मन्त्रालयले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट हटाइएको थियो।

विष्ट र भट्टमाथि प्रमाण लोप गरेको र यातना दिएको मुद्दा लागेको थियो। तत्कालीन एसपी दिल्लीराज विष्ट २०७५ चैत ५ गते मात्र कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका थिए। विष्टलाई प्रमाण नष्ट गरेकोमा साढे ४ लाख र यातना दिएकोमा ६ लाख गरी कूल साढे १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश न्यायाधीश डा. राजेन्द्र आचार्यको एकल इजलासले दिएको थियो।

त्यसको करिब दुई वर्षछि सोही अदातलबाट उनीहरुले सफाइ पाए। साउन १५ गते कञ्चनपुर जिल्ला अदालतले उनीहरुलाई सफाइ दिएको हो। एसपी विष्ट र भट्टमात्र होइन, केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)बाट गएका डीएसपी अंगुर जीसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदमाथि लागेको आरोप पनि अदालतले गलत ठहर्‍याउँदै सफाइ दियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु