Information is intelligence
HomePoliticsओलीले लोडसेडिङ अन्त्य गरेका हुन्, एक व्यवस्थापकलाई जस दिनु सही होइन:पोखरेल

ओलीले लोडसेडिङ अन्त्य गरेका हुन्, एक व्यवस्थापकलाई जस दिनु सही होइन:पोखरेल

- Advertisement -spot_img

काठमाण्डु | लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले लोडसेडिङ अन्त्य गरेको बताएका छन् ।

नेकपा ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  पोखरेलले देशमा लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्रीले गरेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्यको आधार तयार पारेको बताए । एउटा व्यवस्थापकलाई लोडसेडिङ अन्त्यको जस दिनु सही नभएको उनको भनाइ छ ।

उनले कुलमानले विद्युत चुहावट नियन्त्रणमा सहयोग गरेको स्वीकार गर्दै प्रधानमन्त्री ओलीले भारतबाट २५० मेगावाट विद्युत खरिद गरेसँगै लोडसेडिङ अन्त्य भएको दाबी गरे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु