Information is intelligence
HomeNewsमोटरसाइकल चोरीमा संलग्न ५ जनालाई पक्राउ

मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई पक्राउ

- Advertisement -spot_img

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्‍वर–६, धर्मस्थलीबाट १ जना र काठमाडौँ–१६, म्हैपीबाट ४ जना गरी मोटरसाईकल चोरी गर्ने ५ जनालाई बुधबार पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

धर्मस्थलीबाट जिल्ला नुवाकोट काउले गाउँपालिका वडा नं. ५ घर भई हाल काभ्रेस्थली बस्ने वर्ष २२ को रमेश तामाङ्ग, काठमाडौ म्हैपीबाट जिल्ला नुवाकोट दुप्चेश्‍वर गाउँपालिका वडा नं. ५ घर भई हाल काठमण्डौ झोर बस्ने वर्ष २२ को किरण लामा, जिल्ला नुवाकोट दुप्चेश्‍वर गाउँपालिका वडा नं. ५ घर भई हाल काठमण्डौ गणेशथान बस्ने वर्ष २१ को क्षितिज तामाङ्ग, जिल्ला नुवाकोट सुर्यगडी गाउँपालिका वडा नं. १ घर भई हाल जिल्ला काठमाण्डौ मनमैजु बस्ने वर्ष २३ को दिपक तामाङ्ग र जिल्ला बारा करैया गाउँपालिका वडा नं. ४ घर भई हाल तार्केश्‍वर नगरपालिका वडा नं. १० बस्ने वर्ष २३ को गंगा चौधरी पक्राउ गरिएको महाशाखाले जनाएको छ । मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाईएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु