Information is intelligence
HomeNewsकाेरियामा कार्यरत नेपाली कामदारकाे तलब बढ्याे

काेरियामा कार्यरत नेपाली कामदारकाे तलब बढ्याे

- Advertisement -spot_img

दक्षिण कोरियाले अंग्रेजी नयाँ वर्षासँगै कामदारको न्यूनतम तलबमा वृद्धि गरेको छ । यो निर्णयसँगै कामदारले अब तलबभन्दा १.५ प्रतिशतले बढी तलब पाउनेछन् ।

प्रतिघन्टा ८ हजार ७२० वन पाउने दक्षिण कोरियाली सरकारले जनाएको छ । सन् १९८८ यता कोरियाले कामदारको तलबमा वृद्धि गरेको हो । कोरोनाभाइरस महामारीले अहिले दक्षिण कोरिया आर्थिक संकटसँग जुधिरहेको छ ।

सातामा ४० घन्टा काम गर्ने कामदारको ज्याला अब मासिक १८ लाख २२ हजार ४८० वन पुग्नेछ । यसको नेपाली मूल्य १ लाख ८२ हजार नेरु हुन आउँछ । राती १० देखि बिहान ६ बजेसम्म काम गर्नेले भत्ता समेत पाउनेछन् ।

कोरियाको तलब निर्धारण समितिले नवौं बैठकमार्फत यस्तो निर्णय गरेको हो । बढेको तलबसँगै दक्षिण कोरियामा रहेका ४० लाख कामदारसहित ३५ हजार नेपाली कामदारले लाभ उठाउनेछन् । तर, यसलाई उल्लेखनिय तलब वृद्धि चाहिँ मान्न सकिँदैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु