Information is intelligence
HomePoliticsराष्ट्रियसभा अधिवेशनअघि वामदेव खुमलटारमा

राष्ट्रियसभा अधिवेशनअघि वामदेव खुमलटारमा

- Advertisement -spot_img

नेकपा उपाध्यक्ष वामदेव गौतम विभाजित पक्षका अध्यक्ष प्रचण्डलाई भेट्न आज पुनः खुमलटार पुगेका छन् । प्रचण्डको आग्रहमा गौतम खुमलटार पुगेको उनी निकट स्रोतले जनाएको छ ।

प्रचण्ड–माधव नेपाल पक्षले गौतमलाई आफ्नो पक्षमा खुल्न दबाब दिइरहेको छ । पार्टी विभाजनयता प्रचण्ड–माधव नेपाल र केपी ओली दुवै पक्षमा नखुलेका गौतम नेकपा एकताको पक्षमा क्रियाशील छन् । उनले राजनीतिक दलसम्बन्धी कानुनअनुसार पनि पार्टी एकताको पाँच वर्ष नपुग्दासम्म नेकपा विभाजन हुन नसक्ने तर्क गर्दै आएका छन् ।

गौतमपत्नी ओली पक्षधर नेकपाको केन्द्रीय सदस्य मनोनित भए पनि उनी सपथग्रहणमा गएकी छैनन् ।

राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका गौतम आज संसद अधिवेशनको पूर्वसन्ध्यामा खुमलटार पुगेका हुन् । गौतम राष्ट्रियसभा सदस्य भएपनि सांसदका रुपमा उनको आजको बैठकमा पहिलो प्रवेश हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु