Information is intelligence
HomePoliticsनेकपा विभाजनःप्रदेश २ का संसदीय दलका नेता विरूद्द अवस्वासकाे प्रस्ताव पेश

नेकपा विभाजनःप्रदेश २ का संसदीय दलका नेता विरूद्द अवस्वासकाे प्रस्ताव पेश

- Advertisement -spot_img

नेपाल समूहले नेकपाका प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ।

प्रतिनिधि सभा विघटनपछि दुई भागमा विभाजित भएको नेकपामा अहिले एक पक्षले अर्को पक्षका नेताविरूद्ध कारबाही र पदमुक्त गर्ने होडबाजी नै चलेको छ।

सोही क्रममा प्रदेश २ का  ओली समूहका नेकपाका संसदीय दलको नेता मण्डलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।

मण्डल ओली समूहमा लागेपछि उनलाई अविश्वास प्रस्ताव लगाउने प्रक्रिया अगाडि बढाइएको प्रचण्ड–नेपाल समूहका नेताहरूको भनाइ छ।

प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतालाई हटाउनका लागि प्रदेश २ नेकपाका उपनेता रामकुमार यादव समक्ष अविश्वासको प्रस्ताव दर्ता गराइएको प्रदेशसभा सदस्य शत्रुध्न महतोले जानकारी दिए।

दर्ता गराइएको अविश्वास प्रस्तावमा गोविन्द बहादुर न्यौपाने, रुबी कर्ण, प्रमिला देवी यादव, राम कुमार यादव, प्रमोद कुमार यादव, अशोक यादव, मदनशेन प्रसाद श्रीवास्तव, जगत प्रसाद यादव, सत्रुध्न महतो, भरत प्रसाद साह, मन्जु कुमारी यादव,  बेची लुङ्गेली, रविन्द्र बैठा, डिल्ली प्रसाद उप्रेती, हसिमा खातुन, नागेन्द्र राय यादव र सुन्दर बहादुर विश्वकर्माको हस्ताक्षर रहेको महतोले जानकारी दिए।

प्रदेशसभा सदस्य सीता गुरूङ र फुलिया देवी सदाय सम्पर्क मै रहेको तर उनीहरूले हस्ताक्षर नगरेको महतोले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु