Information is intelligence
HomeNewsनिर्वाचन आयोगले प्रचण्ड–माधव पक्षको निवेदन फिर्ता पठाइसक्याेःओली

निर्वाचन आयोगले प्रचण्ड–माधव पक्षको निवेदन फिर्ता पठाइसक्याेःओली

- Advertisement -spot_img

प्रधानमन्त्री केपी केपी शर्मा ओलीले नेकपाको आधिकारिकता दावी गर्दै प्रचण्ड–माधव नेपाल पक्षले दिएको निवेदन निर्वाचन आयोगले फिर्ता पठाएको दावी गरेका छन् ।

प्रवासी नेपाली मन्चका कार्यकर्ताले सूर्य चिन्ह कसले पाउँछ भनी गरेको प्रश्नको जवाफ दिदै ओलीले भने, ‘सूर्य चिन्ह २०४८ देखि हाम्रो हो,म पार्टीको अध्यक्ष हुँ । एक दुई जना मान्छे जादैमा सूर्य कहिँ जादैन । सूर्य चिन्ह हामीसँगै छ,बहुमत हामीसँगै छ । चुनावै हुँदैन चाहिदैन भन्नेलाई किन चाहियो सूर्य चिन्ह ?’

ओलीले निर्वाचन आयोगले प्रचण्ड माधव नेपाल पक्षको निवेदन रित नपुगेको भनेर फिर्ता हिजो फिर्ता पठाएको बताए । ‘उहाँहरु सूर्य चिन्ह पाउँ भनेर निर्वाचन आयोगमा जानुभएको थियो,आयोगले निवेदनको रित नपेगेको,कानुन उल्लेख नभएको,प्रमाण नभएको भनेर यसको अर्थ छैन भनेर फिर्ता पठाएको छ हिजो’ ओलीले भने ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु