Information is intelligence
HomePoliticsबामदेव गौतमले पार्टी एकताका लागि ओलीसँग राखे यस्तो ४ सर्तहरु

बामदेव गौतमले पार्टी एकताका लागि ओलीसँग राखे यस्तो ४ सर्तहरु

- Advertisement -spot_img

काठमाडौँ | पार्टी विभाजनमा कुनै पक्षमा खुलेर नदेखिएका नेकपाका उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाललाई आफू अझै पार्टी एकताकै पक्षमा रहेको र त्यसका लागि देशब्यापी रुपमा अभियान चलाउन लागेको भन्दै त्यसमा साथ दिन आग्रह गरेका छन्।

गौतमले पार्टी एकताका लागि ओलीलाई राखेको ४ सर्तहरु:

  • पार्टी एकताका लागि प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पार्टीको संरक्षण रहन बस्न आग्रह गरिएको छ।
  • दोस्रो सर्तका रुपमा दोस्रो तहका नेताहरुलाई पद हस्तान्तरणका लागि ओलीसँग आग्रह गरिएको छ।
  • गौतमले विकास प्राधिकरण गठन गरी त्यसको नेतृत्व आफूलाई दिन पनि ओलीसँग आग्रह गरेका थिए।
  • संसदको हैसियत जे भए पनि गठबन्धन जारी राख्ने प्रस्ताव पनि गौतमले गरेका थिए।

यता पुष्पकमल दाहालले पार्टी एकताको पक्षमा आफू भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एक हुने गतिविधि नगरेकाले यो असम्भवजस्तै देखिएको र अब आफ्नो पक्षमा आउन ढिला नगर्न गौतमसँग आग्रह गरेका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु