Information is intelligence
HomeNewsलखेटीलखेटी हत्या गरिएका नवराज विकका आमा–बाबु न्याय खोज्दै काठमाडौंमा, आमा–बाबु यसो भन्छन्

लखेटीलखेटी हत्या गरिएका नवराज विकका आमा–बाबु न्याय खोज्दै काठमाडौंमा, आमा–बाबु यसो भन्छन्

- Advertisement -spot_img

काठमाडौं | रुकुम पश्चिमको चौरजहारीबाट लखेटीलखेटी हत्या गरिएका नवराज विक र उनका अन्य पाँच साथीका आमा–बाबु न्याय खोज्दै काठमाडौं आएका छन् ।

मृतक नवराज विकका आमा–बुवा उर्मिला विक र मुनलाल नेपाली, गोविन्द शाहीका आमा भूमिकुमारी, गणेश बुढा मगरका बाबा पदमबहादुर, टीकाराम नेपालीकी आमा लक्ष्मी र सञ्जु विकका आमा सविता पहिलो पटक काठमाडौं आइपुगेका हुन् ।

उक्त घटनामा पक्राउ परेका ३४ मध्ये जिल्ला अदालत रुकुम पश्चिम र उच्च अदालत सुर्खेतले नवराजकी प्रेमीका र आमासहित छ जनालाई छोडिसकेको छ । उच्च अदालतले थप ६ जनालाई छोड्ने विषयमा तीन न्यायाधीशबीच राय बाझिएपछि उक्त मुद्दा सर्वोच्च अदालतमा आइपुगेको छ ।

हत्याको घटनामा संलग्नलाई एकपछि अर्को गर्दै रिहा गर्न थालेको भन्दै न्यायको गुहार माग्न काठमाडौं आइपुगेको नवराजकी आमा उर्मिलाले बताइन् ।

नवराजका बुवा मुनलालले भने, ‘के हामीले पनि उनीहरुलाई गएर मारौँ अनि धरौटीमा निस्कौँ ? त्यस्तो गर्न मिल्छ ?’ मृतक परिवारका अभिभावकले सबै जना आफ्नो पक्षमा लडिरहेकाले न्यायको आशा चाहिँ बाँकी रहेको बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु