Information is intelligence
HomePoliticsप्रचण्ड-माधव समूहको ३ बजे पत्रकार सम्मेलन

प्रचण्ड-माधव समूहको ३ बजे पत्रकार सम्मेलन

- Advertisement -spot_img

काठमाण्डौ | संसद् विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव समूहले आज आन्दोलनका थप कार्यक्रम घोषणा गर्न लागेको छ ।

आन्दोलनका लागि यसअघि नै संघर्ष समिति घोषणा गरिएकोमा आज ३ बजे पत्रकार सम्मेलनमार्फत थप कार्यक्रम घोषणा गरिने भएको हो ।

यसअघि नेकपाले पुस १४ मा देशव्यापी प्रदर्शन गरेको थियो । पुस १७ मा सबै प्रदेशका बैठक समेत सम्पन्न भएका थिए ।

आज संघर्ष समितिको बैठक दुई बजे बस्ने र त्यसपछि पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने समिति संयोजक नारायणकाजी श्रेष्ठले बताए ।

नेकपाले यो बीचमा कांग्रेस र अन्य दलससँग मिलेर संयुक्त आन्दोलनका लागि प्रयास गरेपनि कांग्रेसकभित्र स्पष्ट मत जुट्न नसक्दा नेकपाले एक्लै आन्दोलन गर्ने भएको हो।

संसद पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने नेकपाले संघर्षका लागि प्रदेश र जिल्लास्तरमा पनि समिति गठन सुरु गरेको छ । संविधान र लोकतन्त्रविरोधीलाई असफल गर्न संघर्षको विकल्प नरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ । संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु