Information is intelligence
HomeInternationalसाउदीले हटायो अस्थायी यात्रा प्रतिबन्ध

साउदीले हटायो अस्थायी यात्रा प्रतिबन्ध

- Advertisement -spot_img

साउदी अरबले विदेशी उडानमा लगाएको प्रतिबन्ध हटाएको छ। कोभिड–१९ को नयाँ स्वरुपको खतरालाई मध्यनजर गर्दै साउदी अरबले डिसेम्बरदेखि विदेशी उडानमा प्रतिबन्ध लगाएको थियो।

साउदी अरबको गृह मन्त्रालयले आइतबार बिहान यो जानकारी दिएको हो। यो यात्रा प्रतिबन्ध कैयौं देशका लागि लगाइएको थियो।

साउदी प्रेस एजेन्सीका अनुसार आइतबार बिहान ११ बजेदेखि साउदी अरबमा वायु, जमिन र सामुद्रिक मार्गबाट पुनः प्रवेश सुरु भएको छ। यद्यपि बेलायत, दक्षिण अफ्रिकासहितका केही देशका लागि भने आंशिक प्रतिबन्ध कायमै छ। ती देशका नागरिकहरुलाई साउदी अरब प्रवेशअघि १४ दिन आफ्नो मुलुकबाहिर रहेको हुनुपर्नेछ।

तर साउदी नागरिकलाई भने स्वदेश प्रवेश दिइए पनि १४ दिन घरमै निगरानीमा रहनुपर्नेछ। साउदीमा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिसकिएको छ ।

योसँगै साउदीका कोरोनाले मृत्यु हुने र नयाँ संक्रमित थपिने क्रम घटिरहेको छ । साउदी अरवमा अहिलेसम्म ३ लाख ६२ हजारमा कोरोना पुष्टि हुँदा ६ हजारको मृत्यु भएको छ । जसमध्ये २७ सय सक्रिय संक्रमत हुँदा ४ सय १ को अवस्था जटिल छ बाँकीको अवस्था सामान्य छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु