Information is intelligence
HomeNewsप्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी

प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी

- Advertisement -spot_img

काठमाडौं | सशस्त्र प्रहरी बलले लिएको परिक्षामा नक्कली विद्यार्थी भेटिएका छन्।

सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा सहभागी १४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

स्थानीय प्रहरीले सुनसरीबाट ८ जना, जुम्लाबाट २ जना र सुर्खेतबाट ४ जना गरी १४ जना नक्कली परीक्षार्थीलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

शनिवार देशका विभिन्न स्थानमा खुल्ला प्रतियोगितद्वारा पदपुर्ती गरिने साधारण समुह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परिक्षा भएको थियो।

परिक्षा हलमा प्रयोग भएको ‘थम्ब रिडर बायोमेटिक डिभाईस’ प्रयोग गरि नक्कली विद्यार्थी पहिचान भएको शसस्त्र प्रहरीले जानकारी दियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु