Information is intelligence
HomeEntertainment & Artsआमाको सम्झनामा भावुक हुँदै ऋचाले लेखिन यस्तो स्ट्याटस

आमाको सम्झनामा भावुक हुँदै ऋचाले लेखिन यस्तो स्ट्याटस

- Advertisement -spot_img

नायिका ऋचा शर्माले आफ्नी आमाको पहिलो वार्षिक पुण्य तिथीमा निकै भावुक स्ट्याटस लेखेकी छिन् । आमालाई स्मरण गर्दै उनले आमा बिना बाँच्नु पर्दाको भावना पोखेकी छिन् ।

यस्तो छ उनको स्ट्याटस

आमा बित्दा मेरो सानो संसार एकाएक भताभुंग भयो । त्यो बज्रले मुटुको एउटा कुना भत्कियो । मलाई राम्ररी थाहा छ— त्यो कुनो म बाँचुन्जेल कहिल्यै भरिनेछैन अब ।आमा भनेका घर हुन् । त्यो घर, जसले हामीलाई एकपटक जन्म र जीवनभर ओत दिन्छ । जीवन दिनेहरू ईश्वर हुन् । मेरी ईश्वर मबाट टाढा गएको आज एक वर्ष भयो ।

उहाँ गएपछि मेरो जीवनले ओत गुमायो । अर्थ गुमायो । मैले मेरो शीरमाथिको ब्रह्माण्ड गुमाएँ ।उहाँबिनाका यी ३६५ दिन मेरो जीवनको एउटा रित्तो पाना हो, जसमा अक्षर र वाक्य त छन् तर अर्थ र आत्मा छैन ।आमा ! सन्तानहरू मायाका भोका हुन्छन् । म एक वर्षदेखि भोको छु र यो भोक जीवनभर मेटिनेछैन.

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु