Information is intelligence
HomeNewsकोइराला परिवारमा शोक : रहेनन् निरञ्जन कोइराला

कोइराला परिवारमा शोक : रहेनन् निरञ्जन कोइराला

- Advertisement -spot_img

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ ।

पछिल्लो सयम भारतको नयाँदिल्लीमा व्यवसाय गरेर बस्दै आएका कोइरालाको कोरोना संक्रमणका कारण निधन भएको हो ।

केशव कोइराला र नोना कोइरालाका जेठा छोरा निरञ्जन कोइराला नेपालका प्रतिष्ठित पर्यटन व्यवसायीका रुपमा चिनिन्छन् ।

‘अलबिदा निरु दा’ भन्दै फेसबुकमा शोक प्रकट गरेका डा. शेखर कोइरालाले “कोभिड संक्रमण देखिएपछि भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा एक महिनादेखि उपचाररत् निरञ्जन कोइराला (निरु दा) को आज २०७७ पौष १९ गते बिहान ११ बजे निधन भएको” जानकारी दिएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु