Information is intelligence
HomeEconomyनेप्सेमा आज फेरी नयाँ रेकर्ड , काराेबारमा उछाल

नेप्सेमा आज फेरी नयाँ रेकर्ड , काराेबारमा उछाल

- Advertisement -spot_img

आइतबार पनि नेप्से सूचकले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से सूचक ८८.१२ अंकले बढेर २१७५.३९ विन्दुमा आइपुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । बजार ४.२२% ले बढेको हो । २१२ कम्पनीको ६ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ४० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

सबै समूहका सूचक वृद्धि भएका छन् । ५ कम्पनीको भाउ सर्किट लाग्ने गरी बढेका छन् । खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसको ५० करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा प्राइम बैंक र तेस्रोमा नेपाल टेलिकम परेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु