Information is intelligence
HomePoliticsसरकारविरुद्ध प्रदर्शन गर्ने सहमतिपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

सरकारविरुद्ध प्रदर्शन गर्ने सहमतिपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

- Advertisement -spot_img

पदाधिकारी बैठकमा पुस २५ गते प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गर्ने सहमतिपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।

आजकै बैठकबाट प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न रामचन्द्र पौडेल पक्षले दबाब दिएपछि नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्न ढिला भएको थियाे ।

सहमति जुटाएरमात्र बैठक अघि बढाउन पार्टी कार्यालयमा सभापति शेरवहादुर देउवाको कार्यकक्षमा पदाधिकारीबीच छलफल भएकाे थियाे ।

यसअघि कांग्रेसले १६५ संघीय निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु