Information is intelligence
HomeHealthसरकारको ध्यानाकर्षण गर्दै डा. केसीको यस्तो विज्ञप्ति

सरकारको ध्यानाकर्षण गर्दै डा. केसीको यस्तो विज्ञप्ति

- Advertisement -spot_img

काठमाडौँ | डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भइरहेको चलखेलप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले सो कुरा बताएका हुन् ।

यस्तो छ उनको विज्ञप्ति:

काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भइरहेको चलखेलप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।हामी लामो समयदेखि विश्वविद्यालय सुधारका लागि पदाधिकारी नियुक्तिमा दलीय भागवण्डाको अन्त हुनुपर्ने मागसहित संघर्षमा छौं । पछिल्लो सत्याग्रहपछि नियुक्ति प्रक्रियामा सुधारका लागि कानुनी व्यवस्था गर्ने सम्झौता समेत भएको छ ।त्यसैले हामीसित सम्झौता भए बमोजिम नयाँ कानुन नबनुन्जेल वरिष्ठता तथा कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्ति गर्न तथा भ्रष्ट र काठमाडौं विश्वविद्यालयका विवादित पदाधिकारीहरुलाई फेरि नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराउँछौं ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु