Information is intelligence
HomePoliticsदेशले देशभक्त, सालिन र भद्र महिला राष्ट्रपति पाएको छ: प्रधानमन्त्री ओली

देशले देशभक्त, सालिन र भद्र महिला राष्ट्रपति पाएको छ: प्रधानमन्त्री ओली

- Advertisement -spot_img

काठमाण्डौ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियुको ओली पक्षीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नारावाजी भएकोमा असन्तुष्टि भएको बताएका छन् ।

उनले प्रश्न गरे,‘देशले देशभक्त, सालिन र भद्र महिला राष्ट्रपति पाएको छ, उहाँको इज्जतमाथि धावा बोल्ने ?’ भण्डारीवरुद्ध नारावाजी गर्नेलाई सरम हुनुपर्छ भन्दै मर्यादा राख्न भने ।

उनले प्रचण्ड समूहतर्फ व्यङ्ग्य गर्दै थपे,‘यो उनीहरुको संस्कार हो ।’

प्रधानमन्त्री ओलीले नेकपाको अर्को समूहका अध्यक्ष माधवकुमार नेपालले जाति विशेषलाई होच्याएको भन्दै व्यङ्ग्य गरे । ‘मरेपछि के राजा भनी जातीय आधारमा होच्याउने ?’ उनले जातीय, क्षेत्रीय र भौगोलिक आधारमा होच्याउने कुनैपनि कदम स्वीकार्य नहुने बताए ।

उनले सभामुख अग्निप्रसाद सापकोटाको आलोचना गर्दै किर्ते कामको साक्षी बसेको बताए । उनले भने,‘सभामुख जस्तो मान्छे किर्ते कामको साक्षी बस्ने ?’-

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु