Information is intelligence
HomeLife Styleआज नेपालका यी ठाउँमा हल्का पनि र हिमपातको सम्भावना

आज नेपालका यी ठाउँमा हल्का पनि र हिमपातको सम्भावना

- Advertisement -spot_img

काठमाडौँ– आज देशभरको मौसममा बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै आज देशभर सामान्य बदली रहने जनाएको छ । त्यस्तै केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने पूर्वानुमान गरिएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। साथै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भूभागका केही स्थान तथा लुम्बिनी, बागमती र प्रदेश १ का भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु