Information is intelligence
HomeEconomyह्वात्तै बढ्यो सुनको मूल्य , तोलाको कति ?

ह्वात्तै बढ्यो सुनको मूल्य , तोलाको कति ?

- Advertisement -spot_img

काठमाडौँ / सोमबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । हिजो आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोमबार भने ९५ हजार ३०० रुपैयाँमा खरिदबिक्री हुनेछ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोही परिणामको तेजावी सुनलाई प्रतितोला ९४ हजार ८०० रुपैयाँ मा कारोबार हुनेछ ।

यता, चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । यसअघि एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज एक हजार ३२५ रुपैयाँ पर्ने महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु