Information is intelligence
HomeLiteratureस्याङ्जाली भाषिकामा राजनीति

स्याङ्जाली भाषिकामा राजनीति

- Advertisement -spot_img

नेपाली – केपी ओलीले संसद भङ्ग गरेर मध्यावधि चुनाव घाेषणा गरे !
स्याङ्जाली – पर्धानमन्तिरि खड्क ओलीले संसत् भङ्ङ पारेर मध्यान्नी चुनाप् घाेसणा अरे ।

नेपाली – माधव नेपालकाे प्रधानमन्त्री बन्ने रहर पूरा भएन ।
स्याङ्जाली – माधप्नेपाल पर्धानमन्तिरी बन्न पाम्चु भनेर उचालिन्ते, हस्स परे ।

नेपाली – आफूमाथि अविश्वासको प्रस्ताव आएपछि संसद भङ्ग गर्नुपरेकाे दाबी ।
स्याङ्जाली – तैंले अर्न सउतैनस् भनेर खनिएसी लउ खाओ बडाबडा गास् भनेर संसद् भङ्ङ पारेओ कुराे आओ ।

नेपाली – प्रचण्डलाई धुँदा धुँदा डाेभ साबुन सकिएको तर उनी नबदलिएकाे भन्ने ओलीकाे अभिव्यक्ति ।
स्याङ्जाली – पर्चन्नलाई न्वाम्दा न्वाम्दै भएभरका साबुन भ्याइएकाे तर उन्का जिउकाे पाँच्पाथी मइल्काे लुँडाे पखालिएर ठनक्क मरे सुकिलाे नभकाे भनेर ओलीले बात्मारे ।

नेपाली – प्रधानमन्त्रीद्वारा अख्तियार अनुसन्धान आयाेगकाे प्रमुखमा प्रेम राई नियुक्त ।
स्याङ्जाली – पर्धानमन्तिरीले अउथियार अनुसन्नान आयाेगाँ पर्मुख भअर जाइर खा भनेर पिरिम राईलाई पठाए ।

नेपाली – धरहरा ओलीले बनाएका हाेइनन्, लेबरले बनाएका हुन् – झलनाथ खनाल ।
स्याङ्जाली – धररा कस्का माटाओ ओलीले बनाम्नीओ ? कामर्नी मुन्छेले बनाकाउन् – झल्नाथ खँदाल ।

नेपाली – कम्युनिस्ट पाटीभित्र मतभेद भएपछि चाइनाकी राजदूतकाे सक्रियता बढ्याे ।
स्याङ्जाली – कम्निस्टेहेरू आँफाफै हानाहान अर्नथाले भनेसि, कता कुटाकुट अरेर माेर्नीहुन् भन्नी पिरले चइनाकी राद्दुत घरि एस्काँ घरी उस्काँ चक्कराइछन् ।

नेपाली – रामचन्द्र पाैडेलकाे प्रधानमन्त्री हुने चाहना पूरा हुन्छ कि ?
स्याङ्जा – राम्चन्र पउडेल्काे पर्धानमन्तिरी हुन्चु र बडाबडा भाउ खान्चु भन्नी रहर पुउनीभओ त ?

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु