Information is intelligence
HomePoliticsपत्नीको उपचारका लागि प्रचण्ड भारततर्फ

पत्नीको उपचारका लागि प्रचण्ड भारततर्फ

- Advertisement -spot_img

काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत गएका छन्।

पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बइ गएका हुन्। उनले हिजोको स्थायी कमिटी बैठकमा पनि आफू भारत जान लागेको जानकारी गराएका थिए। विहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ।

उनी सोमबार बिहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गरेको सचिवालयले जानकारी दिएको छ । अध्यक्ष दाहालले हिजो आइतबारको स्थायी कमिटी बैठकमा पनि आफू भारत जान लागेको जानकारी गराएका थिए ।

लामो समयदेखि वंशानुगत पार्किन्सनजस्तो देखिने रोगले पीडित सीताको स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि भारत लागिएको हो। यसअघि उनको अमेरिका, सिंगापुर र भारतमा पनि उपचार भएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु