Information is intelligence
HomeSportsबुन्डेसलिगामा बायर्नको पुनरागमन जित

बुन्डेसलिगामा बायर्नको पुनरागमन जित

- Advertisement -spot_img

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा बायर्नले मैन्जविरुद्ध पुनरागमन गर्दै ५-२ गोल अन्तरको जित निकालेको हो ।

घरेलु मैदानमा २ गोलले पछि परेको स्थिति उल्टाएर बायर्नले उत्कृष्ट जित निकालेको हो ।

खेलको ३२ औं मिनेटमा जोनाथनले गोल गर्दै मैन्जलाई अग्रता दिलाएका थिए ।खेलको ४४ औं मिनेटमा एलेक्जेन्डर हाकले गोल गर्दा मैन २-० ले अघि रह्यो ।

तर, दोस्रो हाफमा बायर्नले लगातार गोल गर्यो ।खेलको ५० औं मिनेटमा जोसुवा किमिचले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । ५६ औं मिनेटमा लोरी सानेले गोल गर्दा खेल २-२ को बराबरीमा पुग्यो ।

खेलको ७० औं मिनेटमा निकल्स सुलेले गोल गर्दै बायर्नलाई ३-२ को अग्रता दिलाए । ७६ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्नलाई ४-२ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्नले ५-२ को सानदार जित निकाल्यो ।

जितसँगै बायर्न लिगको शीर्ष स्थानमा उक्लिएको छ । बायर्नले १४ खेलमा ३३ अंक जोडेको छ ।

मैन्ज ६ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु