Information is intelligence
HomeNewsथप ४०४ जनामा कोरोना पुष्टी

थप ४०४ जनामा कोरोना पुष्टी

- Advertisement -spot_img

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४०४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। संक्रमित हुनेमा १५९ महिला र २४४ पुरुष छन्। यो सँगै नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ।

यस्तै सोमबार ५९४ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५५ हजार ८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९७.३ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या भने ५ हजार २८९ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ८५  पुगेको मन्त्रालयले जनाएको छ। सोमबार कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु